नेपालको भौगोलिक अवस्था, प्राकृतिक स्रोत र साधनहरू

नेपाल एउटा सानो, भूपरिवेष्ठित, पहाडै पाहाड भएको, दुई ठूला राष्ट्र भारत र चीनको बीच अवस्थित बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतापूर्ण भौगोलिक बिशेसता युक्त स्बतन्त्र, अटल एवं अखण्ड राष्ट्र हो । भौगोलिक रुपमा नेपाल २६० २२” उत्तर देखी ३०० २७” उत्तर अक्षाशं र ८०० ४” पूर्व देखी ८८० १२” पूर्वी देशान्तरभित्र दक्षिण एशियाको भारतीय उपमहाधौप एवं सार्क क्षेत्र (दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन) भित्र अवस्थित र मकर रेखाभन्दा उत्तरतिरको समशीतोष्ण भूमागसम्म पूर्व पश्चिम करीब (सरदर) ८८५ कि मी र उत्तर दक्षिण १९३ कि मी क्षेत्रमा करीब १,४७,१८१ वर्ग कि मी मा फैलिएको छ र नेपालले पृथ्वीको कुल भूमिको ०.०३ प्रतिशत र एशियाको कुल भूमिको ०.३ प्रतिशत भाग ओगटेको छ । भौगोलिक अवस्थाको आधारमा नेपाललाई सामान्यता तीन भाग हिमाल, पाहाड, तराई क्षेत्र (समतल भूमि मा बाँड्न सकिन्छ । धरातलीय रुपमा यस राष्ट्रमा समुद्र सतहबाट करीब ७० मीटरमा अवस्थित कचनाकलन, झापा (सबैभन्दा होचो भाग) र संसारको सर्वोच्च स्थल समुद्र सतहबाट ८८४८ मिटरको उचाइमा रहेको सगरमाथा छ ।सवैभन्दा सानो जिल्ला भक्तपुर को क्षेत्रफल कति छ ? – ११९ वर्ग की मि
  • दक्षिणबाट उ-तरतिर बहने नदी कुन हो ? – कर्मनाशा हो ।
  • धरान धनकुटा राजमार्गलार्इ अर्को के नामले चिनिन्छ ?? – मदनभण्डारी राजमार्ग
  • नेपालको सवैभन्दा सानो नगरपालिका बनेपा नगरपालिका हो भने सवैभन्दा ठुलो नगरपालिका कुन हो ?? – त्रियुगा नगरपालिका हो ।
  • सप्तकोशी नदी कहाँ पुगेपछि गंगामा मिसिन्छ ?? – विहारको करसेलामा
  • माछा पाइने विश्वको अग्लो स्थानमा रहेको ताल कुन हो ?? – राराताल हो।
  • नेपालको क्षेत्रफल कति छ ? – १,४७,१८१ वर्ग कि.मि.
  • नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ? – ८८५ कि.मि.
  • नेपालको उत्तर–दक्षिण औसत चौडाई कति छ ? –१९३ कि.मि.
  • नेपाल कुन महादेशमा अवस्थित छ ? –एशिया
  • नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ? – ०.३५
  • नेपाल कुन देशान्तरमा पर्दछ ? –पूर्वी देशान्तर
  • नेपाल कुन अक्षांसमा पर्दछ ? –उत्तरी अक्षांस
  • नेपाल कति देशान्तर रेखामा अवस्थित छ ? –८०४ु पूर्वी देशान्तरदेखि ८८१२ु पूर्वी देशान्तरमा
  • नेपाल कुन अक्षांश रेखामा अवस्थित छ ? –२६२२ुउत्तरी अक्षांसदेखि ३०२७ु उत्तरी अक्षांसमा
  • नेपालका कतिवटा अञ्चलले चीर र भारत दुवै देशलाई छोएको छ ? – ६ वटा
  • चीन र भारत कुनै पनि देशसँग सीमना नजोडिएको जिल्लाहरु कति वटा छन् ? –३६ वटा
  • भारतसँग मात्रै सीमना जोडिएका कतिवटा जिल्लाहरु छन् ? –२६ वटा
  • क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो ? –डोल्पा
  • क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कुन हो ? –कर्णाली
  • क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ? – शे फोक्सुण्डो
  • क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ? – भक्तपुर
  • नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ? –५घण्टा ४५ मिनेट
  • नेपालको प्रामाणिक समय कुन देशान्तर रेखालाई आधार मानेर निर्धारण गरिएको छ ? –८६१ ५ु देशान्तर रेखालाई
  • नेपालको प्रामाणिक समय कुन हिमाललाई आधारमानी निर्धारण गरिएको छ ? –गौरीशंकर हिमाल
  • कुनकुन अञ्चलका ५/५ वटा जिल्लाहरु रहेकाछन् ? –नारायणी, राप्ती, भेरी, कर्णाली र सेती गरी ५ वटाका
  • नेपाललाई कहिले १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको हो ? –२०१८ बैशाख १ गते
  • नेपाललाई कति सालमा ४ विकास क्षेत्रमा विभाजन गरिएको हो ? –२०२९ साल
  • ८ वटा जिल्ला हुने अञ्चल कुन हो ? – वाग्मती
  • ६/६ वटा जिल्लाहुने अञ्चलहरु कुन कुन हुन् ? –लुम्बिनी, गण्डकी, सगरमाथा, जनकपुर र कोशी
  • महाकाली पारीका नेपालका २ गाविस कुन कुन हुन् ? –चाँदनी र दोधारा
  • गंगासागर पोखरी कहाँ पर्दछ ? – जनकपुरधाम, धनुषा
  • सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ? –सिमिकोट
  • चीन र भारत दुवैदेशलाई छुने जिल्ला कति वटा छन् ? –२ वटा, ताप्लेजुङ्ग र दार्चुला
  • सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ? –जलेश्वर
  • ४/४ वटा जिल्लाहरु हुने नेपालका अञ्चल कतिवटा छन् ? –३ वटा, मेची, महाकाली, धवलागिरी
  • सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ? –सिन्धुली
  • अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ? –सल्यान
  • नेपालको सबैभन्दा उत्तरी विन्दु कुन जिल्लामा पर्दछ ? –हुम्ला
  • नेपालको सबैभन्दा दक्षिणी विन्दु कुन जिल्लामा पर्दछ ? –लोदावारी, झापा
  • सुगौलि सन्धि अघी नेपालको क्षेत्रफल कति थियो ? – २०४,५१६ बर्ग कि मि






























0 Komentar

Practical Questions