जलवायु परिवर्तन

जलवायु परिवर्तन


जलवायु परिवर्तन परिचय


– पृथ्वीको वायुमण्डलको तापक्रम, हावाको बहाव र वर्षात्मा हुने घटबढका कारण पृथ्वी तथा यसको कुनै भागमा औसत मौसममा हुने परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ ।

– पृथ्वीमा हाल अत्याधिक बढ्दै गएको औद्योगीकरणबाट कार्बनडाइअक्साइड (Co2), मिथेन (CH2), नाइट्रस अक्साइड जस्ता ग्याँसहरूबाट वायुमण्डलमा एक प्रकारको तहको निर्माण हुन गएको छ । जसको कारण सूर्यको ताप र प्रकाश पृथ्वीमा आउने तर पृथ्वीको ताप वायुमण्डलमा निस्काशन हुन नसक्ने अवस्था उत्पन्न भएको छ । जसको कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढ्दै जान थालेको कारण वर्षभरी हुने मौसम परिवर्तनको पूरानो तालिका परिवर्तन भई विभिन्न समस्या देखिन थालेका छन् ।



जलवायु परिवर्तनको असर कम गर्नका लागि विश्वको ध्यान आकर्षित गर्न गरिएका प्रयास तथा कार्यहरू

– पृथ्वी सम्मेलन (सन् १९९२)

– क्योटो प्रोटोकल (सन् १९९७)

– जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलनहरू सम्पन्न गरिएको ।

– जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरबारे विश्वको ध्यानाकर्षण गर्ने उद्देश्यले नेपालको सगरमाथाको आधार शिविर कालापत्थरमा वि.सं.२०६६ मंसिर १९मा मन्त्रिपरिषदको बैठक १० बुंदे घोषणा पत्र जारी गरी सम्पन्न ।


जलबायु परिवर्तन सम्बन्धी महत्वपूर्ण तथ्यहरू

– मानव उत्सर्जित हरित गृह ग्याँस मध्ये कार्बनडाइअक्साइडले करिव ७२ प्रतिशत,मिथेनले करिव १८ प्रतिशत र नाइट्रस अक्साइडले करिब ९ प्रतिशत अंश ओगटेका छन् ।

– हरितगृह ग्याँसको तहनै नभएको भए पृथ्विमा हालको औषत १५ डिग्री तापक्रममा ३३ प्रतिशतले कमी आइ –१८ डिग्री सेल्सियस हुने थियो ।

– नेपाल जलबायु परिवर्तनका दृष्टिले आठौं जोखिमयुक्त मुलुकमा पर्छ ।

– नेपालको औषत तापक्रम वृद्धिदर प्रतिबर्ष ०.०४ डि से. देखि ०.०६ डि.से. सम्म छ । यसको समेत औषत निकालेर ०.०५ प्रतिशत समेत भन्ने गरिएको पाइन्छ ।


वातावरण प्रदुषण


प्रदुषण परिचय


कुनै पनि प्राकृतिक तथा मानवनिर्मित वातावरण, संरचना वा क्षेत्रमा फोहोर, दुर्गन्ध वा अनाबश्यक तत्वले मानव स्वास्थ्यमा प्रभावपार्नु, कार्यमा अवरोध सिर्जना गर्नु वा प्रतिकूल असर गर्ने अवस्थाको सिर्जना हुनु नै प्रदुषण हो ।

बृहद् नेपाली शब्दकोषका अनुसारःप्रदुषण भन्नाले “दुषित पार्ने कार्य, दोषयुक्त पार्ने काम वा रोग ब्याधि पैदा गर्ने वा स्वास्थ्यमा हानी गर्ने तत्वको सराइ ” भनी उल्लेख गरिएको छ ।

वातावरण प्रदुषण

वातावरणमा रहको जैविक तथा अजैविक अवयवहरूबीचको अन्तरक्रिया एवम् अन्तरसम्बन्धमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले परिवतर्न गरी वातावरणमा ह्रास पु¥याउने वा क्षति पु¥याउने प्रक्रियालार्इ नै वातावरण प्रदुषण भनिन्छ ।

– वातावरण प्रदुषणलाई वायु प्रदुषण, ध्वनि प्रदुषण, जल प्रदुषण, खाद्य प्रदुषण, औद्योगिक प्रदुषण, भूमि प्रदुषण, विकिरण प्रदुषण गरी विभिन्न भागमा वर्गीकरण गरेको पाइन्छ ।

– हावा, पानी, जमिन आदिमा विभिन्न कारणले भौतिक, रासायनिक तथा जैविक परिवर्तन आई तिनीहरूको गुणस्तरमा ह्रास आउने प्रकृया नै वातावरण प्रदुषण अथवा वातावरणीय ह्रास हो ।

वातावरण प्रदुषणका प्रकारहरू

वायू प्रदुषण : वायुमण्डलमा हुने प्रदुषण नै बायु प्रदुषण हो । विभिन्न यातायातका साधन, उद्योगधन्दा, कलकारखाना आदिबाट उत्सर्जन हुने धुवाँ तथा विभिन्न ग्याँसहरू नै वायु प्रदुषणको प्रमुख कारण हो ।

जल प्रदुषण : ढलनिकास, अम्लीय वर्षा, बाढिपहिरो आदिका कारणबाट पानीको स्रोतहरूमा हुने प्रदुषण नै जलप्रदुषण हो ।

भू–प्रदुषण : आणविक प्रयोग, किटनाशक औषधि तथा रासायनिक मलको प्रयोग आदिका कारण भूमीको उर्वराशक्ति वा यसको प्रकृतिक क्षमतामा आउने ह्रास नै भू–प्रदुषण हो ।

ध्वनि प्रदुषण : सवारी साधन, औद्योगिक प्रतिष्ठान, तोपगोला आदिबाट निस्कने ध्वनिका कारण हुने प्रदुषणध्वनि प्रदुषण हो ।

खाद्य प्रदुषण : खाद्यवस्तुहरूमा विभिन्न अखाद्य वस्तुहरूको मिसावट गरी हुने प्रदुषण खाद्य प्रदुषण हो ।

विकिरण (रेडियोधर्मी) प्रदुषण : युरेनियम, रेडियम आदि तत्वहरूको किरणबाट हुने प्रदुषण नै विकिरण प्रदुषण हो ।

औद्योगिक प्रदुषण : विभिन्न उद्योगहरूबाट निस्कने धुवाँ, फोहोरमैला आदिबाट हुने प्रदुषण नै औद्योगिक प्रदुषण हो ।

नेपालमा ध्वनि प्रदुषण सम्बन्धी राष्ट्रिय मापदण्ड

विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले वि.सं. २०६९ कात्तिक १३मा राजपत्रमा सूचना प्रकाशित गरी ६ क्षेत्रमा निर्धारण गरेको ध्वनिको राष्ट्रिय मापदण्ड देहाय बमोजिम छ :

– औद्योगिक क्षेत्रमा दिनमा ७५ डेसिबल, रातमा ७० डेसिबल,

– व्यापारिक आवास क्षेत्रमा दिनमा ६५ डेसिबल, रातमा ५५ डेसिबल,

– ग्रामीण क्षेत्रमा दिनमा ४५ डेसिबल, रातमा ४० डेसिबल,

– सहरी आवास क्षेत्रमा दिनमा ५५ डेसिबल, रातमा ५० डेसिबल,

– मिश्रित आवास क्षेत्रमा दिनमा ६३ डेसिबल, रातमा ४० डेसिबल,

– शान्त क्षेत्रमा दिनमा ५० डेसिबल, रातमा ४० डेसिबल,

ध्वनि सम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ले सिमेन्ट र क्रसर उद्योगबाट निश्कासन भई हावामा जाने धुलो सम्बन्धी मापदण्ड, डिजेल जेनेरेटरबाट निश्कासन भई हावामा जाने धुँवा सम्बन्धी मापदण्ड र क्वाइलरको सञ्चालननबाट निष्कासन हुने धुँवा तथा चिम्नीको मापदण्ड समेत जारी गरेको छ । स्मरण रहोस हाल नेपालको औद्योगिक क्षेत्रमा १००–१३० डेसिवलसम्म ध्वनि प्रदुषण हुने गरेको छ ।

0 Komentar

Practical Questions