क्षेत्रीय संगठन

सार्क सम्बन्धित विविध वस्तुगत प्रश्नोत्तर

१) दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (SAARC) को स्थापना कहिले भएको हो ? – ८ डिसेम्बर १९८५ (ढाका, बंगलादेश)
२) सार्क शिखर सम्मेलन सामान्यतया वर्षको कतिपटक हुने प्रावधान छ ? – २ वर्षमा एक पटक
३) सामान्यतया मन्त्रिपरिषद्को बैठक वर्षको कतिपटक हुने प्रावधान छ ? – संगठनको नीतिले निर्धारण गर्दछ
४) सदस्य राष्ट्रका प्रतिनिधिहरु सम्मिलित प्राविधिक समितिको अध्यक्षता साधारणतया कसरी गरिन्छ ? – सदस्य राष्ट्रहरुको वर्णानुक्रमका आधारमा
५) सार्क सचिवालयमा महासचिव १ जना रहन्छन् भने निर्देशक कति जना रहन्छन् ? – ८ जना
६) आपसी विवादबाट मुक्त हुन द्धीपक्षीय विवाद नउठाउने सहमति कुन सम्मेलनमा पारित गरिएको थियो ? – पहिलो
७) सन् १९८९ लाई लागू पदार्थको दुरुपयोग विरुद्धको सार्क वर्ष तथा सन् १९९० लाई सार्क बालिका वर्षका रुपमा मनाउने निर्णय कुन सम्मेलनले गरेको हो ? – चौंथो
८) भविष्यमा हुने शिखर सम्मेलनको सन्दर्भ पारेर हरेक वर्ष प्रदान गर्ने निर्णयसहित सार्क पुरस्कार स्थापनाको अवधारणालाई कुन सम्मेलनले अनुमोदन गरेको हो ? – १२ औं
९) चीनलाई सार्क संगठनमा आवद्ध गर्न प्रस्ताव गर्ने राष्ट्र नेपाल हो भने अफगानिस्तानलाई सार्क संगठनमा आवद्ध गर्न प्रस्ताव गर्ने राष्ट्र कुन हो ? – भारत
१०) सार्क खाद्य सुरक्षासम्बन्धी सम्झौतामा नेपालका तर्फबाट हस्ताक्षर कसले गरेको थिए ? – शैलेन्द्रकुमार उपाध्याय
११) सार्क आर्थिक सङ्घको स्थापना कहिले भएको हो ? – २७ डिसेम्बर १९९५
१२) सार्क उद्योग वाणिज्य महासङ्घले सन् १९९२ मा सार्क क्षेत्रीय शीर्षस्थ अंगको रुपमा मान्यता पाई विधिवत स्थापना कहिले भयो ? – सन् १९९४ जनवरी ७
१३) सार्क आर्थिक सङ्घको प्रधान कार्यालय कहाँ रहेको छ ? – काठमाडौंमा
१४) वातावरण र जलवायु छुट्टाछुट्टै क्षेत्र रहेकोमा कहिलेदेखि एकीकृत गरी एउटै बनाइयो ? – सन् १९९६ देखि
१५) पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रको प्रमुख सहर कुन हो, जुन सहर तालिवान लडाकुको बाहुल्य क्षेत्र मानिन्छ ? – पेसावर
१६) नेपाल अफगानिस्तानबीच कुटनैतिक सम्बन्ध कहिले कायम भएको थियो ? – १ जुलाई १९६१
१७) कुन सम्मेलनदेखि सार्क वर्ष - दशक घोषणा गर्ने प्रचलन सुरु भयो ? - चौंथो
१८) सार्क राष्ट्रहरुको कुन स्थानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति तथा निशस्त्रीकरणसम्बन्धी एसियाली केन्द्र रहेको छ ? – काठमाण्डौं
१९) नदी नै नभएको सार्क राष्ट्र कुन हो ? – माल्दिभ्स
२०) सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको सार्क राष्ट्र कुन हो ? – माल्दिभ्स
२१) सबैभन्दा कम प्रतिव्यक्ति आय भएको सार्क राष्ट्र कुन हो ? – अफगानिस्तान
२२) भुटान पुग्ने नेपालका पहिलो प्रधानमन्त्री को हुन् ? – सुर्यबहादुर थापा
२३) पहिलो सार्क चलचित्र महोत्सव कहाँ सम्पन्न भएको थियो ? – श्रीलंका
२४) सार्कका कतिवटा सदस्य राष्ट्रको सिमाना चीनसँग जोडिएको छ ? – ५ सदस्य राष्ट्रको
२५) सार्क मुलुकमध्ये सबैभन्दा कम शिशु मृत्युदर भएको राष्ट्र कुन हो ? – श्रीलंका
२६) सार्कका विकासोन्मुख राष्ट्रहरुले सन् २००६ देखि २००८ सम्म आफ्ना भन्सार दरलाई कति प्रतिशत कायम गर्नुपर्ने सहमति भएको थियो ? – २० प्रतिशतभन्दा कम
२७) कम विकसित सार्क राष्ट्रहरुले कहिलेसम्म आफ्ना भन्सार दरलाई शुन्यदेखि ५ प्रतिशत कायम गर्नुपर्ने सहमति भएको थियो ? – सन् २०१६ सम्म
२८) सार्कका महासचिवलाई कुन स्तरको सेवा सुविधा प्रदान गरिन्छ ? – राजदुतस्तरको
२९) हाल नेपाल, बंगलादेश र श्रीलकाले सार्क खर्चको कतिकति प्रतिशत हिस्सा व्यहोर्छन् ? – प्रत्येकले १०.७२ प्रतिशत
३०) तेस्रो सार्क शिखर सम्मेलन काठमाडौंको कुन भवनमा आयेजना गरिएको थियो ? – नेपाल प्रज्ञा प्रतिष्ठान (कमलादी)

बिमस्टेक( BIMSTEC) विशेष

1) स्थापना :- 1997 June 6
2) नेपाल सदस्यता :- सन् 2004 feb. 8
3) चौथो बिमस्टेक सम्मेलन
- काठमाडौम- काठमाडौमा सम्पन्न
- 2018 अगस्ट 30 र 31
- 18 बुदे काठमाडौ घोषणापत्र जारी
- आगामी पाचौं सम्मेलन श्रीलंका मा हुने
- प्रधानमन्त्री के पि वलिले श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाइ बिमस्टेकको अध्यक्षता हस्तान्तरण
- बिम्स्टेक राष्ट्रहरुबीच ग्रिड अन्तरसञ्जाल सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको
- बिमस्टेकको पहिलो शिखर; सम्मेलन 2004 मा थाइल्यान्डमा, दोश्रो सम्मेलन 2008 मा भारत मा , तेश्रो सम्मेलन 2014 मा म्यानमार मा सम्पन्न भएको
घोषणापत्रका प्रमुख बुँदाहरु:
-बिमस्टेको सचिवयल चुस्त बनाउन स्थायी कार्य समिति निर्माण गर्ने -स्थायी कार्यसमितिले बिमस्टेक चार्टरको मस्यौदा बनाउने ।
-मस्यौदा पाँचौ शिखर सम्मेलनमा पेश गर्ने ।
-बिमस्टेक विकास कोषको स्थापना गर्ने ।
-कोषमा सदस्य राष्ट्रहरुबा रकम जुटाईने ।
-बिमस्टेक सचिवालयको क्षमता अभिवृद्धि गर्ने ।
-एक सदस्य राष्ट्र एक निर्देशक गरि सात जना निर्देशक नियुक्त गर्ने ।बिमस्टेकका सदस्य राष्ट्रहरुमा सन २०३० भित्र गरिबीको अन्त्य गरिसक्ने ।
-अन्तरदेशीय राजमार्ग, रेलमार्ग, जलमार्ग, हवाईमार्ग विस्तार तथा अधुनिकीकरण गर्ने ।
-यातायात गुरुयोजना बनाई सदस्य राष्ट्रहरुमा कार्यान्वय गरिने ।
यस क्षेत्रका जनतालाई इन्टरनेट र मोबाइलको थप पहुँच र सस्तो बनाउन एक कार्यसमूह बनाउने ।
-बिमस्टेक राष्ट्रहरुभित्र स्वतन्त्र व्यापारको लागि भइरहेको वार्तालाई निरन्तरता दिनेबिमस्टेक व्यावसायीक मञ्च र बिमस्टेक आर्थिक मञ्चको गतिविधिलाई पुन सुचारु गर्ने ।
-अपराधिक गतिविधिहरुको सन्दर्भमा सदस्य राष्ट्रहरुबीच कानुनि सहायता सम्बन्धी सम्झौताको लागि आव्हान ।
-आतंकवाद र संगठित अपराध विरुद्ध सहकार्यलाई अभिवृद्धि गर्ने ।
-जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता कार्यान्वयनमा लैजाने ।बिमस्टेकभित्र उर्जा सम्बन्धी विस्तृत योजना बनाउने ।
-साना तथा मध्यम खालका प्रविधिसंग सम्बन्धीत उद्योगहरुका स्थापनाका लागि एक आपसमा सहयोग गर्ने ।
-कृषि क्षेत्रको विकास र कृषिमा परम्परागत ज्ञानको प्रयोगको क्षेत्रमा थप सहयोग आदान प्रदान गर्ने ।
-जनता जनताबिचको सम्बन्धलाई थप उचाइमा पुर्याउन संयन्त्रहरु निर्माण गर्न सहमत ।
-बुद्ध सर्किट बनाउन सहमत ।
-सन् २०२० मा नेपालमा गर्ने भनिएको बिमस्टेक पर्यटन सम्मेलनलाई स्वागत ।
-पर्वतीय अर्थतन्त्रको विकासको लागि नेपालले राखेको प्रस्ताबको स्वागत ।
-भूपरिवेष्ठीत मुलुकहरुको हितका लागि प्रस्ताब गरिएको ‘ब्लू इकोनमि’ मा सहमति जनाउदै यसको कार्ययोजना बनाउन अन्तरदेशीय विज्ञ समूह गठन गर्न सहमत ।
4- BIMSTEC लाई bridge between SAARC & ASEAN भनिन्छ ।

आसियानको सामान्य परिचय- स्थापना : १९६७ अगस्ट ८
- संस्थापक राष्ट्रहरु: - "थाइफिसिम" थाइल्यान्ड , इन्डोनेशिया, फिलिपिन्स, सिङ्गापुर, मलेसिया
जम्मा सदस्य राष्ट्र १० वटा "थाइफिसिम + भिब्रुम्याकल"
१. थाइल्यान्ड, २. इन्डोनेशिया, ३.फिलिपिन्स, ४. सिङ्गापुर, ५. मलेसिया, ६.भियतनाम, ७. ब्रुनाइ, ८. म्यानमार, ९. कम्बोडिया, १०. लाओस
प्रधान कार्यालय : जाकार्ता, इन्डोनेसिया

- आदर्श वाक्य [Motto] "One Vision, One Identity. One Community"


✓Asean plus 3 : चीन, जापान र दक्षिण कोरिया
✓Asean plus 2 : अष्ट्रेलिया र न्युजिल्यान्ड
✓Asean plus 5 : अष्ट्रेलिया, अमेरिका, क्यानडा, जापान र न्युजिल्यान्ड

✓पर्यवेक्षक राष्ट्रहरु : पपुवा न्युगिनी र पुर्वी टिमोर
✓आसियनका त्रिमुर्ति : थाइल्यान्ड, इन्डोनेशिया र मलेसिया

- आसियानको अवधारणा ल्याउने व्यक्ति : मलेसियाका तत्कालीन प्रधानमन्त्रि दातुङ टुङ अब्देल रहमान

- प्रमुख प्रशासनिक अंग : सचिवालय

- आसियानका मुलुकमध्ये सबैभन्दा पहिले नेपालससँग दौत्य सम्बन्ध कायम भएको मुलुक : मलेसिया [१९६० जनवरी १]
- असियानका मुलुकमध्ये सबैभन्दा पछि नेपालको दौत्य सम्बन्ध कायम भएको : ब्रुनाइ [१९८४ फेब्रुअरी ३]
- आसियान महासचिवको पदावधि : ३ वर्ष
- हालका महासचिव : लिम जोक होइ [ब्रुनाइ]

- आसियानमा रहेको एकमात्र भुपरिवेष्टित राष्ट्र : लाओस

- ठुलो राष्ट्र : इन्डोनेशिया [क्षेत्रफल जनसंख्या दुबैमा]
- क्षेत्रफलका आधारमा सानो राष्ट्र : सिङ्गापुर
- जनसंख्याको आधारमा सानो राष्ट्र : ब्रुनाइ
- सबैभन्दा पछि सदस्यता लिने राष्ट्र : कम्बोडिया सन् १९९९
- आसियानको ११ औं सदस्य हुने सम्भावना भएको राष्ट्र : पुर्वी टिमोर।

यूरोपियन यूनियन

-- क्षेत्रीय तथा आर्थिक सहयोग बढाउने अभिप्रायले पश्चिम यूरोपेली राष्ट्रहरु जर्मनी, फ्रान्स, वेल्जियम, नेदरल्याण्ड, लग्जम्वर्ग र दक्षिण युरोपियन राष्ट्र इटाली मिलि सन् १९५७ मार्च २५ मा इटालीको रोममा एक सम्झौता पत्रमा हस्ताक्षर गरी सन् १ जनवरी १९५८ मा विधिवतरुपमा स्थापित संस्थानै यूरोपेली आर्थिक समुदाय हो । सन् १९९४ जनवरी १ देखि यस सङ्गठनको नाम यूरोपेली युनियन( EU) राखिएको हो ।

-- यसका सुरुका ६ संस्थापक राष्ट्रहरुलाई Inner Six तथा पछि थप भएका डेनमार्क, आयरल्याण्ड, वेलायत, ग्रिस, स्पेन, पोर्चुगललाई Outer Sixको रुपमा चिनिन्थ्यो । हाल यस सङ्गठनको सदस्य राष्ट्र हरु २८ पुगेका छन् ।
-- यसको प्रधान कार्यालय वेल्जियमको ब्रसेल्समा रहेको छ ।
-- सन् १९७५ मा यूरोपेली सङ्घ र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना भएको हो । यस संस्थाले सन् १९७७ देखि नेपालको विकास निर्माणको कार्यमा सहयोग गर्दै आएको छ । यो संस्था नेपाल विकास मञ्चको पनि सदस्य छ ।

युरोपियन युनियनका प्रमूख अंगहरु

१) यूरोपेली परिषद् ( European Council):

EU को सर्वोच्च अंग र सबै सदस्य राष्ट्र«का मन्त्रीस्तरिय प्रतिनिधिहरु रहने र आवश्यक नीति नियमहरुको तर्जुमा गर्ने कार्य गर्ने अंग हो यो ।
२) यूरोपेली आयोग ( European Commission): EU को कार्यकारी अंग हो । यसको मुख्य कार्यहरु अन्तर्गतका सन्धिहरु तथा तिनको कार्यान्वयनको रेखदेख गर्ने हो । यसमा EU का २८ सदस्य राष्ट्रका एक एक जना प्रतिनिधिहरु हुन्छन् । यसको मूख्यालय वेल्जियमको राजधानी ब्रसेल्समा छ ।
३) यूरोपेली संसद ( European Parliament): EU को परामर्श दात्तृ अंग हो । यसको मुख्य काम संघलाई विभिन्न नीति निर्माण र कार्यक्रम तर्जुमामा आवश्यक राय सल्लाह उपलब्ध गराउनु हो ।

४) यूरोपेली न्यायालय (European Court): EU को महत्वपूर्ण निर्णायक अंग हो । यसमा ११ सदस्य र ३ जना अधिवक्ता हुन्छन् । यसले सदस्य राष्ट्र«हरुबीच उत्पन्न विवादलाई समाधान गर्ने र युनियनका अंगद्वारा निर्माण गरिएका सन्धि र नियमहरुको व्याख्या गर्ने कार्य गर्दछ

युरोपियन सङ्घका उद्धेश्यहरु

हाल विश्वमा रहेका विभिन्न क्षेत्रीय संस्थाहरुमा सबभन्दा शक्तिशाली रुपमा रहेको यूरोपेली सङ्घका प्रमूख उद्धेश्यहरु निम्न छन्ः
क) सन्तुलित र दिगो सामाजिक तथा आर्थिक विकासलाई प्रवद्र्धन गर्नु ।
ख) अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउनु ।

ग) संघका सदस्य राष्ट्रका जनताको जीवनस्तर सुधार्ने ।
घ) न्यायिक तथा गृह मामला सम्बन्धी विषयमा घनिष्ट सम्बन्ध वृद्धि गर्ने ।
ङ) सामूहिक व्यापारलाई प्रोत्साहित गर्ने ।

च) भन्सार शुल्क एवं ट्यारिफ नीतिमा एकरुपता ल्याई सदस्य राष्ट्रहरुबीच आर्थिक समस्या र व्यवधानहरु कमी गर्ने ।
छ) नागरिकहरुको आर्थिक असमानता हटाउने ।

यूरोपियन युनियनका संस्थापक तथा सदस्य राष्ट्रहरु

युरोपियन युनियनका संस्थापक राष्ट्रहरुः

१)फ्रान्स २)इटली ३)जर्मनी ४)बेल्जियम ५)नेदरल्याण्ड ६)लग्जम्वर्ग


यूरोपियन यूनियन सम्बन्धी बस्तुगत प्रश्नहरु


१. EURO मुद्रा कहिलेदेखि लागू गरियो ? सन् २००२ जनवरी

२. EU को Inner Six country मा देहायकामध्ये कुन राष्ट्र पर्दैन ?

बेलायत
क) बेलायत ख) नेदरल्याण्ड ग) बेल्जीयम घ) फ्रान्स

३. क्रोएसिया EU को २८ औंं राष्ट्र बन्नु अघि अन्तिम २ राष्ट्र कुन–कुन हुन् ? Bulgaria and Romania

४. "United in Diversity" कुन संस्थाको Slogan हो ? EU

५. कहिलेदेखि EU ले नेपालका विभिन्न विकास आयोजनाहरूमा सहयोग पु¥याउदै आएको छ ? १९७७ देखि

6. युरो मुद्रा लागू गर्ने पछिल्लो १७ औं EU देश कुन हो ? इस्टोनीया

७. EU को आर्थिक वर्ष कहिलेबाट सूरु हुन्छ ? जनवरी १

८. EU को प्रमूख कार्यकारी अंग कुनलार्ई मानिन्छ ? यूरोपेली आयोग

९. “म्याष्ट्रिच” सन्धि केसँग सम्बन्धित छ ? युरोपियन युनियन

१०. यूरोपेली परिषदमा जम्मा कति सदस्यहरू रहने व्यवस्था छ ? ३४४ जना

११. यूरोपेली आयोगमा कति सदस्य रहने व्यवस्था छ ? २८ जना

१२. EU को सदस्यता लिएर एकपटक सदस्यता त्यागी फेरी सदस्यता लिने एक मात्र राष्ट्र कुन हो ? नर्वे

१३. युरोपियन युनियनको सबैभन्दा ठूलोे राष्ट्र फ्रान्स हो, भने सबैभन्दा सानो राष्ट्र कुन हो ? माल्टा

१४. यूरोपेली लगानी बैंकको स्थापना कहिले गरिएको हो ? सन् १९५८

१५. यूरोपेली लगानी बैंकको प्रधान कार्यालय कहाँ रहेको छ ? लग्जमवर्ग

१६. EU का सदस्य राष्ट्र मध्ये डब्लिन कुन राष्ट्रको राजधानी हो ? आयरल्याण्ड

१७. यूरोपेली संघको सम्पर्क कार्यालय काठमाण्डौमा कहिले स्थापना गरिएको हो ? सन् १९९२

१९. EU को झण्डामा कतिवटा तारा हुन्छन् ? १२

२०. नेपाल कहिले विश्व संरक्षण संघ (IUCN) को सदस्य भएको हो ? सन् १९७३

२१. यूरोपियन यूनियन र नेपालवीच कुटनीतिक सम्वन्ध कहिले भयो ? १९७५

२२. EU का संस्थापक र पछि सदस्य भएका राष्ट्रहरूलार्ई क्रमशः कुन–कुन नामले चिनिन्छ ?Inner Six and Outer Six

२३. सन् २०१२को डिसेम्वर सम्म EU मा कति सदस्य राष्ट्रहरू छन् ? २८

२४. EU का प्रमूख अंगहरू कतिवटा छन् ? ४

२५. युरोपियन अदालतमा कति जना न्यायधीश रहेका हुन्छन् ? २७ न्यायाधीश

२६. EU अन्तर्गत कतिवटा समितिहरू छन् ? २० वटा

२७. EU को बजेटको सबैभन्दा बढी हिस्सा व्योहोर्ने राष्ट्र कुन हो ? जर्मनी

२८. यूरोपोल (EUROPLO) केसँग सम्बन्धित रहेको छ ? युरोपियन प्रहरी

२९. EU कहिलेदेखि नेपाल सहायता समूहको सदस्य भएको थियो ? सन् १९८२

३०. युरोपियन युनियनको स्थापना विधिवत रूपमा कहिले भयो ? १ जनवरी १९५८

३१. सदस्य राष्ट्रहरूमा आर्थिक सम्वन्धलार्ई घनिष्ट र दरिलो वनाउने उद्धेश्यले European Economic Community को स्थापना गर्ने सन्धि जुन २५ मार्च १९५७ मा कुन देशमा भएको हो ? इटाली

३२. European Economic Community (EEC) बाट नाम परिवर्तन गरी कहिले बाट Europpean Union (EU) राखियो ? १ जनवरी १९९४

३३. EU का संस्थापक राष्ट्र कति वटा रहेका छन् जसलाई Inner Six भनेर चिनिन्छ ? ६

३४. EU को प्रधान कार्यालय कहाँ रहेको छ ? ब्रसेल्स, वेल्जियम

३५. सन् २०१३ को December सम्ममा हाल कति वटा EU मुलुकले EURO मुद्राको प्रयोग गर्छन् ? १७

३६. युरोपियन युनियन राष्ट्र सम्बद्ध र तिनीहरूको राजधानी सम्वन्धमा कुन भनाइ ठीक छ ?
उल्लिखित सबै ठीक छन्

क) रुमानिया वुखारेष्ट र हँगेरी वुडापेस्ट

ख) माल्टाको भालेट र पोल्याण्डको वार्सा

ग) वुल्गेरिया सोफिया र साइप्रसको निकोसिया

घ) उल्लिखित सबै ठीक छन्

37. EU को केन्द्रिय बैंकको मुख्य कार्यालय कहाँ छ ? जर्मनी

38. नेपालका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यूरोपेली संसदको विशेष सत्रलाई कहिले संवोधन गरेका थिए ?१५ अक्टुवर, २०१३

39. यूरोपली युनियन (EU)का तलका मध्ये मुख्य अंगहरू कुन कुन हुन् ?
उल्लिखित सबै ठीक छन्
क) यूरोपेली परिषद् (European Council)

ख) यूरोपेली आयोग (European Commission)

ग) यूरोपेली संसद (European Parliament) र यूरोपेली न्यायालय

घ) उल्लेखित सबै

40. सन् २०१३ को डिसेम्वरसम्म १७ वटा मुलुकले यूरो मुद्रा प्रयोगमा ल्याउँदै आएकोमा सन् २०१४ को शुरुवातबाट यूरो मुद्रा प्रयोगमा ल्याउन तयार रहेको देश कुन हो ? लात्भिया

41. यूरोपेली आयोगले सन्२०१३ मा सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१५ मा एकल यूरो मुद्रा चलाएका यूरोपेली मुलुकको वृद्धि दर कति हुने प्रक्षेपण गरेको छ? १.७

42. यूरोपेली आयोगले सन् २०१३ मा सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१५ मा समग्र यूरोपेली मुलुकको वृद्धि दर कति हुने प्रक्षेपण गरेको छ ? १.४प्रतिशत
0 Komentar

Practical Questions